अर्थ / बाणिज्य

उकालो लाग्दै सेयर बजार

इकागज |
कात्तिक १०, २०७८ बुधबार १५:२३ बजे

काठमाडौँ- बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्से १८.०६ अंकले बढेर २७६९.१३ बिन्दुमा पुगेको छ ।

बुधबार 'क' वर्गका कम्पनीहरुको सूचक मापन गर्ने सेन्सेटिभ इन्भेक्स ०.४९ अंकले बढेर ५१६.५६ बिन्दुमा पुगेको छ । आज २२८ कम्पनीका सेयर ७५ हजार ६ सय १२ पटक कारोबार भएको छ । १ करोड १५ लाख ९२ हजार ३ सय ३५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६१ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।


होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रो पावर र उत्पादन मुलुक उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्स उपसमूह ३१७.७४ अंकले बढेको छ ।


Author

थप समाचार
x