अर्थ / बाणिज्य

भारतीय सुपरस्टार रजनीकान्तको नयाँ सोसल मिडिया एप 'हुटे'

इकागज |
कात्तिक १०, २०७८ बुधवार १६:५ बजे

काठमाडौँ- भारतीय साउथ सुपरस्टार रजनीकान्तले नयाँ सामाजिक सञ्चाल ‘हुटे’ सार्वजनिक गरेका छन् । केही दिन अघि मात्र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नयाँ सामाजिक सञ्‍जाल सार्वजनिक गरेका थिए ।

एप सार्वजनिक गरेपछि अभिनेता रजनीकान्तले सोसल मिडियामा हुटे एउटा आवाजमा आधारित सोसल मिडिया प्लेटफर्म भएको र यो भारतले विश्वका लागि तयार पारेको उल्लेख गरेका छन्।


रजनीकान्तको छोरी सौन्दर्याले बनाएको हुटे भ्वाइस बेस्ड एप हो । यस एपको सौन्दर्या तथा अम्टेक्सका सीईओ सनी पोकाला यो एपका सह संस्थापकका रुपमा रहेका छन् ।

भारतमा सेतो लाटोकोसेरोलाई हुटेका नामले चिनिन्छ । लाटोकोसेरोमा आधारित भएर हुटे नाम राखिएको सार्वजनिक जनाइएको छ ।

हुटेमा यूजरले आफ्ना विचारहरुलाई आवाजमार्फत् अर्थात् भ्वाइस नोटका रुपमा शेयर गर्न सक्ने बताइएको छ। प्रयोगकर्ताले पोस्टहरुलाई अझ राम्रो र उत्कृष्ट बनाउनका लागि ब्याकग्राउन्ड म्युजिक पनि प्रयोग सक्नेछन् ।

हुटे एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको छ । आइओएस प्रयोग कर्ताको लागि भने केही समयमा उपलब्ध हुने सार्वजनिक कार्यक्रममा जानकारी दिइएको थियो ।


Author

थप समाचार
x