अर्थ / बाणिज्य

उच्च हिमाली क्षेत्र र सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक स्थापना

इकागज |
कात्तिक १४, २०७८ आइतबार ११:३९ बजे

काठमाडौँ- नेपाल टेलिकमले सोलुखुम्बु जिल्लामा अप्टिकल फाइबल लिंक स्थापना गरेको छ। लिंक स्थापना भएसँगै मुलुकको अति दुर्गम स्थानहरु मध्येको सोलुखुम्बुका सेवाग्राहीहरुले दिगो र निरन्तर दूरसञ्चार सेवा उपभोग गर्न पाउने भएका हुन्।

टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेको हो। अब सेवाको गुणस्तरमा थप वृद्धि हुने टेलिकमको विश्वास छ।


समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई  १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो। 

रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध हुन सकेको थिएन।

नयाँ अप्टिकल फाइबर लिंक सञ्‍चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने टेलिकमको विश्‍वास छ।  पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्धि हुनेछ।

यसका साथै यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदानप्रदान गर्न सहज हुने टेलिकमको भनाई छ।  विगतका वर्षहरुमा यी क्षेत्रमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा प्रश्न उठ्दै आएको थियो।


Author

थप समाचार
x