अर्थ / बाणिज्य

अब फेसबुक ग्रुपबाट पनि पैसा कमाउन सकिने

इकागज |
कात्तिक २१, २०७८ आइतबार १२:२९ बजे

काठमाडौँ- फेसबुकले प्रयोगकर्तालाई आम्दानीकाे नयाँ स्रोत दिनको लागि ग्रुप मनिटाइजेसन फिचर ल्याउने तयारी गरेको छ । फेसबुक ग्रुप एड्मिन कम्युनिटी सब्स तथा फन्ड रेजिङको माध्यमबाट पैसा जुटाउन सकिने फेसबुक मालिक मार्क जुकरवर्गले जानकारी दिएका छन् । 


ग्रुप एडमिनले आफ्ना सदस्यहरूलाई निश्चित शुल्क तिरेर सब्सकृप्सन गर्न सक्नेछन् । ग्रुपको खर्चका लागि ग्रुप एड्मिनले सदस्यहरूसँग पैसा मागेर आम्दानीको स्रोत बनाउन सक्नेछन् । यो फिचर कहिलेदेखि सुरु हुन्छ भन्ने जानकारी भने दिइएको छैन् । भर्खरैमात्र आफ्नो कर्पोरेट नाम फेसबुकबाट मेटा राखेको फेसबुकले ग्रुप मनिटाइजेसन मार्फत प्रयोगकर्तालाई थप आम्दानी हुने जनाएको छ । 

 


Author

थप समाचार
x