अर्थ / बाणिज्य

डिशहोमको 'ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन' मा स्पेन घुम्ने विजेता छानिए

इकागज |
कात्तिक २२, २०७८ सोमबार १६:९ बजे

काठमाडौँ - डिशहोमले दसैं तथा तिहारलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेता घोषणा गरेको छ । यसअन्तर्गत प्रभु टीभी जडान गर्ने काठमाडौंका ध्रुव कार्की र डिशहोम जडान गर्ने सिन्धुलीकी अनिशा राई विजेता छनोट भएका हुन् । 

विजेताको घोषणा गत बुधबार सरोकार टीभी, रियालिटी टीभी, नेपा: च्यानललगायतका च्यानल र डिशहोमको फेसबुक पेजमार्फत गरिएको थियो ।


विजेताले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, चार रातको होटल व्यवस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन् कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना अझै पनि डिशहोम, प्रभु टिभी, सिम टिभी, डिशहोम फाइबरनेट कम्बो प्याकेज जडानमा र ला लिगाको सिजन टिकट खरिदमा उपलब्ध रहेको छ ।

यो योजनामा असोज ११ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सीम टीभी नयाँ जडान गर्ने ग्राहक र ला लिगाको सिजन टिकट खरिद गर्ने ग्राहक सहभागी भएका थिए ।   


Author

थप समाचार
x