अर्थ / बाणिज्य

सानिमा बैंकको अध्यक्षमा पौडेल नियुक्त

इकागज |
कात्तिक २२, २०७८ सोमबार १७:८ बजे

काठमाडौँ-  सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले पौडेललाई समितिको अध्यक्ष पदमा चयन गरेको बैंकले जनाएको छ ।

बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका छन् । पौडेल यसअघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रूपमा सञ्चालक समितिमा रहेर काम गरिसकेका व्यक्ति हुन् ।


नर्वेबाट हाइड्रोपावर डेभलोप्मेन्टमा स्नातकोत्तर गरेका पौडेल पेशाले हाइड्रोपावर र हाइड्रोलिक इन्जिनियर हुन् । उनी देशभित्र हाइड्रो विज्ञका रूपमा समेत परिचित छन् । विगत २४ वर्षको पेशागत अनुभव सम्हालेका पौडेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उच्चस्तरको तालिममा सहभागी जनाइसकेका छन् ।


Author

थप समाचार
x