अर्थ / बाणिज्य

धनकुटामा एभोकाडो महोत्सव हुँदै

इकागज |
कात्तिक २३, २०७८ मंगलबार २०:५८ बजे

धनकुटा – धनकुटामा मंसिर ४ र ५ गते दोस्रो एभोकाडो महोत्सव हुने भएको छ । आयोजक धनकुटा एभोकाडो कृषक समूहले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमबारे जानकारी दिएको छ ।

धनकुटा नगरपालिकाको सहआयोजनामा सम्पन्न हुन लागेको उक्त महोत्सवमा ५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । धनकुटा बजारको  परिचय मोडस्थित एभोकाडो स्तम्भ भएको स्थानमा हुने उक्त महोत्सवको पहिलो दिन किसान तथा व्यापारीहरूका एभोकाडो प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन् ।


दोस्रो दिन एभोकाडो स्टलका साथै सरोकारवालाबीच एभोकाडोको प्रवर्द्धनका विषयमा अन्तरक्रिया कार्यक्रम गरिने आयोजक संस्था तथा समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । कार्यक्रममा धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले यो वर्ष एभोकाडो प्रवर्द्धन कार्यक्रमका लागि १ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

एभोकाडो प्रवर्द्धनको कार्यक्रम अब कृषकहरूले लिनुपर्ने बताउँदै उनले नगरपालिकाले खेती सम्बन्धी आउने समस्याका लागि विज्ञहरूको छुट्टै परामर्श केन्द्र स्थापना गर्न लागेको पनि जानकारी दिए  । कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई र धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर थापाले महोत्सव सफलताको शुभकामना दिएका थिए । 


Author

थप समाचार
x