अर्थ / बाणिज्य

भारतमा व्यापारीलाई फेसबुकको बिजनेस 'हब'

इकागज |
कात्तिक २४, २०७८ बुधबार १५:५८ बजे

काठमाडौँ-  भारतका साना तथा मझौला व्यवसायीलाई राहत दिन ‘ग्रो योर बिजनेस’ नामक बिजनेस हब 'प्लेबुक' सार्वजनिक गर्ने घोषणा गरेको छ । यसबाट भारतका साना तथा मझौला व्यापारीहरू लाभान्वित हुने मेटाले जनाएको छ ।

यो हबले साना तथा मझौला स्तरका व्यवसायीहरुलाई उनीहरुको विकास यात्राका आधारमा जरूरी जानकारी, टूल्स एवं स्रोत खोज्नका लागि सहयोगी सावित हुने कम्पनीले जनाएको छ ।


कम्पनीले सार्वजनिक गरेको विज्ञप्तिमा ‘प्लेबुक’ फेसबुक इन्डियाको पहिलो प्रकाशित पुस्तक भएको र यसमा साना व्यवसायीलाई बिजनेस पेज शुरू गर्नेदेखि लिएर पेजमा  कन्टेन्ट बनाउने र विज्ञापन शुरू गर्नका लागि आवश्यक मार्गदर्शन गर्ने बताएको छ ।

 यस हबको उद्देश्य व्यवसाय अनलाइन तथा अफलाइनका रूपमा सुरू गर्ने हो । यसबाट कोभिड-१९ महामारी तथा त्यसपछिको समयमा साना व्यवसायलाई अनलाइन बिक्री बढ़ाउनका लागि प्लेटफर्म उपलब्ध हुन सकोस् भन्ने उद्देश्य लिइएको छ।


Author

थप समाचार
x