अर्थ / बाणिज्य

ह्याकरलाई एक करोड डलरको पुरस्कार

इकागज |
कात्तिक २५, २०७८ बिहीबार १५:१६ बजे

काठमाडौँ- अमेरिकी सरकारले बढ्दो ह्याकिङ रोक्नका लागि ह्याकरलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकाले र्‍यानसमवेयर ह्याकर पत्ता लगाउनेलाई एक करोड डलरको पुरस्कार दिनेछ । ह्याकरले डार्कसाइड र्‍यानसमवेयर कसले सञ्‍चालन गरेको छ र यसको नेतृत्वकर्ता बारेमा सूचना संकलन गरेर अमेरिकी सरकारलाई सूचना प्रदान गर्नुपर्ने छ ।

साथै यससँग सम्बन्धित व्यक्तिको कुनै देशमा गिरफ्तारी वा दोषी ठहरिने जानकारी दिए अमेरिकाले ५० लाख डलर दिने बताएको छ ।


अमेरिकी निकायले अक्टोबर महिनामा सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२१  छ महिनाको अवधिमा मात्र ५ सय ९० मिलियन अमेरिकी डलर र्‍यानसमवेयर आक्रमणका कारण खर्च गरेको जनाएको छ । अमेरिकाको ठूला साइबर आक्रमण हुने गरेको छ ।


Author

थप समाचार
x