अर्थ / बाणिज्य

एक महिनाको अन्तरालमा सेयर बजारमा तीव्र उतारचढाव

इकागज |
कात्तिक २५, २०७८ बिहिवार १६:१८ बजे

काठमाडौँ- साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक २६९०.२९ अंकमा झरेको छ ।  आज सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५९.५७ अंकले घटेको हाे । पछिल्लाे एक महिनाकै अन्तरालमा सेयर बजारमा तीव्र उतारचढाव देखिएकाे छ । 

सेयर बजार परिसूचक पुन: कात्तिककाे पहिलाे साताकै अवस्थातिर पुगेकाे छ । तिहार बिदा अघि नेप्सेमा सुधार देखिएकाे थियाे । कात्तिक १७ गते नेप्से परिसूचक पछिल्लाे समयकै उच्च २८४८.८४ बिन्दूमा पुगेकाे थियाे । 


नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि १०.६३ अंक अर्थात् २.०७ प्रतिशतले घटेको छ । बिहिबार २ सय २५ कम्पनीका सेयर ७३ हजार ३ सय २८ पटक कारोबार भएको छ । आज ५ अर्व ११ करोड ९६ लाख दुई हजार ५ सय ४० रूपैयाँ बराबरको ९४ लाख ७५ हजार ९ सय ३६ सेयर कारोबार भएको छ ।

आज  सबै समूहगत परिसूचक घटेका छन् भने मानुषी लघुवित्त, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा ऋणाात्मक सर्किट लागेको छ । 

बिहीबार नेप्सेमा काराेबार भएका १७१ कम्पनीकाे सेयर मूल्य घटेकाे छ भने १६ कम्पनीकाे मात्र सेयर मूल्य बढेकाे छ । 

मिति

  नेप्से परिसूचक

 कारोबार रकम

 कात्तिक ७, आइतबार

 २,५८४.५२

 २ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक ८, सोमबार

 २,६७२.२५

 ४ अर्ब ३० करोड रुपैयाँ

 कात्तिक ९, मंगलबार

 २७५१.०२

 ६ अर्ब ३१ करोड रुपैयाँ

 कात्तिक १०, बुधबार

 २७६९.१३ 

 ६ अर्ब ६१ करोड रुपैयाँ

 कात्तिक ११, बिहीबार

 २७८२.१६

 ५ अर्ब ३९ करोड रुपैयाँ

 कात्तिक १४, आइतबार

 २८३७.६१

 ७ अर्ब ८२ करोड रुपैयाँ

 कात्तिक १५, सोमबार

 २८१९.८६ 

 ७ अर्ब ७७ करोड रुपैयाँ

 कात्तिक १६, मंगलबार

 २८४३.६२

 ६ अर्ब ७ करोड रुपैयाँ

 कात्तिक १७, बुधबार

 २८४८.८४

 ६ अर्ब ५५ करोड रुपैयाँ

 कात्तिक २२, सोमबार

 २,८२९.६४

 ४ अर्ब ४२ करोड रुपैयाँ 

 कात्तिक २३, मंगलबार

 २,७४९.८६ 

 ६ अर्ब ५२ करोड रुपैयाँ

 कात्तिक २५, बुधबार

 २,६९०.२९ 

 ५ अर्ब ११ करोड रुपैयाँ

 

 


Author

थप समाचार
x