अर्थ / बाणिज्य

ढाका कपडा प्रदर्शनी पुसमा

इकागज |
कात्तिक २७, २०७८ शनिवार १९:४५ बजे

काठमाडौँ – ढाका कपडाबाट बनेका वस्तुको दोस्रो प्रदर्शनी पुसमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा दुईदेखि चार गतेसम्म काठमाडौं थापा गाउँस्थित वानेश्वर ब्यांक्वेटमा प्रर्दशनी हुने भएको हो ।

नेपालको पूर्वीदेखि पश्चिमी जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रमा घरायसी एवम् व्यवसायिक रूपमा सञ्चालन हुँदै आएका उद्योगका ढाका कपडा तथा ढाकाबाट उत्पादित वस्तुको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिने आयोजक संस्थाको भनाइ छ । संघको केन्द्रीय तदर्थ समितिलाई पुर्नगठन गर्न पुस २ गते देशभरका ढाका उद्योगी तथ व्यवसायीको काठमाडौंमा भेलासमेत आयोजना गरिने बताइएको छ ।



Author

थप समाचार
x