हवाई भाडामा नयाँ 'फ्यूलसरचार्ज' लागू
काठमाडौँ- वायुसेवा कम्पनीहरूको छाता संगठन वायु सेवा सञ्चालक संघले नेपालले नयाँ 'फ्यूलसरचार्ज' मूल्य सार्वजनिक गरेको छ। नेपाल आयल निगमले पट्रोलियम पदार्थको मूल्यवृद्दि गरेपछि संघले नयाँ फ्यूलसरचार्ज सार्वजनिक गरेको हो ।
इन्धनमा मूल्यवृद्दि भएपछि स्वचालित रूपमा नयाँ फ्युलसरचार्ज लागू हुने गरेको छ । कार्तिक २४ गते आयल निगमले भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाएको भन्दै पेट्रोल-डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ ग्यासमा ७५ रूपैयाँ प्रतिसिलिन्डर हवाई इन्धनमा ५ रूपैयाँ प्रतिलिटर मूल्य वृद्धिगरेपछि संघले नयाँ फ्यूलसरचार्ज लागू गरेको हो ।
संघले सार्वजनिक गरेको नयाँ फ्यूलसरचार्जअनुसार काठमाडौँ-धनगढी २२०, काठमाडौँ-माउन्टेन १७०, काठमाडौँ-सुर्खेत १७५, काठमाडौँ-नेपालगन्ज १६० रुपैयाँले बढेको छ ।
हेर्नुहोस् केही प्रमुख गन्तव्यको नयाँ फ्यूलसरचार्ज
गन्तब्य स्थान |
फ्युल सरचार्ज पहिला |
फ्युल सरचार्ज हाल |
फरक |
काठमाडौँ-माउन्टेन |
३२९५ |
३४६५ |
१७० |
काठमाडौँ-धनगढी |
४२४० |
४४६० |
२२० |
काठमाडौँ-नेपालगञ्ज |
३१३० |
३२९० |
१६० |
काठमाडौँ-विराटनगर |
२३०५ |
२४२५ |
१२० |
काठमाडौ-भद्रपुर |
२८८० |
३०३० |
१५० |
काठमाडौँ-पोखरा |
१५२० |
१६०० |
८० |
काठमाडौँ-भैरहवा |
१९७५ |
२०८० |
१०५ |
काठमाडौँ-जनकपुर |
१२३५ |
१३०० |
६५ |
काठमाडौँ-सिमरा |
८६५ |
९१० |
४५ |
काठमाडौँ-भरतपुर |
१०२५ |
१०८० |
५५ |
काठमाडौँ-सुर्खेत |
३३१५ |
३४९० |
१७५ |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया