अर्थ / बाणिज्य

सेयर बजारमा हरियाली

इकागज |
कात्तिक ३०, २०७८ मगलवार १५:५१ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार हरियाली छाएको छ । मंगलबार नेप्से परिसुचक ६९.२२ अंकले बढेर २७८४.५७ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्ड्रेक्स १४.९२ अंकले बढेर ५२१.४६ बिन्दुमा पुगेको छ ।

आज २२७ कम्पनीका सेयर ६९ हजार २०० पटक कारोबार भएको छ । १ करोड ९३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५२ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ ।


आज सबै उपसमूहहरु हरिया भएका छन् । लाइफ इन्स्योरेन्स उपसमूह २०७०.६१ अंकले बढेको छ ।

नेपाल बंगलादेश बैंक, नेपाल दुरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पञ्चकन्या माई हाइड्रो पावर, अप्पर तामाकोशी र मैलुङ खोला जलविद्युतको सेयर मूल्यमा सर्किट ब्रेकर लागेको छ ।


Author

थप समाचार
x