अर्थ / बाणिज्य

यस्तो रह्यो साताको सेयर बजार

इकागज |
मंसिर २, २०७८ बिहिवार १५:२५ बजे

काठमाडौँ- साताको अन्तिम दिन बिहीबार सेयर परिसुचक ३२.३९ अंकले बजार घटेको छ । सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज इन्डेक्स २७६९.१३  बिन्दूमा आएकाे छ । बुधबार नेप्से २८०० बिन्दू नाघेकाे थियाे । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ४.२५ अंक अर्थात् ०.८१ प्रतिशतले घटेको छ । बिहिबार २ सय २४ कम्पनीका सेयर ७० हजार ३७ पटक कारोबार भएको छ ।


बिहीबार ६ अर्व २७ करोड १८ लाख ६७ हजार ३ सय ३० रूपैयाँ बराबरको ९८ लाख ६२ हजार ९ सय ४० सेयर कारोबार भएको छ ।

साताको पहिलोदिन आइतबार १.३८ अंकले घटेको बजार सोमबार,मंगलबार तथा बधुबार भने केही बढेको थियो ।

बिहिबारको कारोबारमा मानुसी लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागको छ । आजको कारोबारमा २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १६० वटा कम्पनीको सेयर मूल्य घटेको छ

मिति

नेप्से परिसुचक

कारोबार रकम

कार्तिक २८ आइतबार

२६८८.९२

४ अर्ब ९ करोड रुपैयाँ

कार्तिक २९ सोमबार

२७१५.३५

४ अर्ब ७३ करोड रुपैयाँ

कार्तिक ३० मंगलबार

२७८४.५७

५ अर्ब ५२ करोड रुपैयाँ

मंसिर १ गते बुधबार

२८०१.५२

७ अर्ब ३७ करोड रुपैयाँ

मंसिर २ गते बिहिबार

२७६९.१३

६ अर्ब २७ करोड रुपैयाँ

 


Author

थप समाचार
x