अर्थ / बाणिज्य

हस्तकला मेला काठमाडौंमा सुरु

इकागज |
मंसिर ३, २०७८ शुक्रबार १४:५० बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल हस्तकला महासंघको आयोजनामा शुक्रबारबाट काठमाडौंमा सुरु भएको १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा टेवा पुर्‍याउँदै आएको हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

हस्तकला निकासी गर्दै विदेशी मुद्राको आयआर्जनबाट मुलुकको आर्थिक घाटा न्युनीकरण हुने उनले विश्वास  गरे । हस्तकला क्षेत्रमा देखिएको करसम्बनधी समस्यालाई सहजीकरण गर्ने उनले बताए । हस्तकला उद्योग नेपालको गरिमा र पहिचानको क्षेत्र भएकाले समयानुकुल परिस्कृत गर्दै अघि बढाउनुपर्ने देउवाको भनाइ छ ।


मंसिर ५ गतेसम्म चल्ने मेलामा हस्तकलालगायत विभिन्न वस्तुको करिब एक सय २० स्टल रहेका छन् ।  मेलाको प्रमुख आकर्षणमा कला प्रतियोगिताअन्तर्गत विभिन्न विधामा प्रतियोगिता गरिने र प्रतियोगीलाई पुरस्कृतसमेत गरिने महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले जानकारी दिए ।


Author

थप समाचार
x