अर्थ / बाणिज्य

३ दिन ब्याट्री टिक्ने मोटोरोलाको नयाँ फोन

इकागज |
मंसिर ४, २०७८ शनिबार १४:६ बजे

काठमाडौँ- मोटोरोलाको मोटो जि पावर ५० मेगापिक्सेल क्यामेराको साथमा आउने भएको छ । फोनमा ५ हजार एमएएचको ब्याट्री रहेको छ ।

कम्पनीका अनुसार एक पटकको चार्जले फोन तीन दिनसम्म निरन्तर प्रयोग गर्न सकिने दाबी गरेको छ । मोटो जी पावरमा ६.५ इन्चको डिस्प्ले हुनेछ ।


यसको डिस्प्लेमा ७ सय २० पिक्सेल रिजोलुसन प्यानल रहेको छ । ५० मेगापिक्सेलको प्रमुख क्यामेरा रहेको यस स्मार्टफोनमा २ मेगापिक्सेलको म्याक्रोक्यामेरा र २ मेगापिक्सेलका डेप्थ सेन्सर रहेको छ । सेल्फीका लागि ८ मेगापिक्सेलका क्यामेरा रहेको छ ।

फोनमा अक्टाकोर मिडियाटेक हिलियो जी ३७ प्रोसेसर रहेको छ । यो फोनमा ४ जीबी र्याम राखिएको छ । यस फोनमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्ने गर्दछ ।

इन्टर्नल स्टोरेज ६४ जीबी भएको मोडेलको मूल्य १९९ अमेरिकी डलर पर्नेछ र १२८ जीबी भएको मोडेलको मूल्य २४९ अमेरिकी डलर पर्नेछ । 


Author

थप समाचार
x