अर्थ / बाणिज्य

रोकिएन सेयर बजारको गिरावट

इकागज |
मंसिर ५, २०७८ आइतवार १५:२५ बजे

काठमाडौँ- साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजारको ओरालो यात्रा रोकिएन । आइतबार सेयर बजार ११.६० अंकले घटेको छ । आइतबार सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज इन्डेक्स २७५७.५३ बिन्दूमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ३.७५ अंक अर्थात् ०.७२ प्रतिशतले घटेको छ । आइतबार २ सय २५ कम्पनीका सेयर ५४ हजार ६ सय ६४ पटक कारोबार भएको छ ।


आइतबार काराेबार रकममा पनि कमी आएकाे छ । आज ४ अर्व ३५ करोड ७३ लाख ९ हजार ३ सय १९ रूपैयाँ बराबरको ७८ लाख ९४ हजार ४ सय ६८ सेयर कारोबार भएको छ । आइतबारको कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आइतबार नारायणी विकास बैंक तथा मानुसी लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागेको छ । नारायणीले आफ्ना सेयरधनीलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने सूचनासँगै यसको सेयरप्रति लगानीकर्ता आकर्षित भएका हुन् ।


Author

थप समाचार
x