अर्थ / बाणिज्य

नेपालको आफ्नै स्याटेलाइट राख्‍न ४ कम्पनी लिस्टमा

इकागज |
मंसिर ७, २०७८ मगलवार १५:२ बजे

काठमाडौँ- नेपालले आफ्नै स्याटेलाइट राख्‍ने तयारी गरेको छ । आफ्नै स्याटेलाइट राख्‍न नेपाल दुरसञ्चार प्राधिकरणले माग गरेको अन्तराष्ट्रिय परामर्शदाताहरूको प्रस्तावमा ४ कम्पनीहरूको सर्टलिस्ट  तयार भएको हो । केही समयअघि प्राधिकरणले नेपालको आफ्नै स्याटेलाइट राख्नको लागि बोलपत्र आह्‍वान गरेको थियो । प्राधिकरणका अनुसार यसअघि ८ वटा कम्पनीहरूले आशय पत्र पेश गरेका थिए। जसमध्ये ४ कम्पनीहरुलाई आफ्नो योजनाअनुसारको विवरण पेश गर्नका लागि छनोट गरिएको छ।

प्राधिकरणले ती कम्पनीहरूको प्राविधिक र आर्थिक प्रस्तावको मूल्यांकनपछि ४ कम्पनीहरू छनोटमा परेको जनाएको छ । छनोटमा परेका कम्पनीहरूमा फ्रान्समा आधारित यूरोकन्सल्ट, टर्कीमा आधारित टिआरकेस्याट टिटिजी, दुबईमा आधारित एसथ्रीटेल इंक र थाइल्याण्डको थाइकम पब्लिक कम्पनी लिमिटेड रहेका छन्।


यसमध्ये यूरोकन्सल्ट, एसथ्रीटेल इंक यसअघि प्राधिकरणले माग गरेको आशयपत्रको प्रतिस्पर्धामा समेत सहभागी थिए। यी दुबै कम्पनीहरू त्यसबेला समेत अन्तिम संक्षिप्त सूचीमा समेत पर्न सफल भएका थिए।


Author

थप समाचार
x