अर्थ / बाणिज्य

दोहोरो अंकले घट्यो सेयर बजार

इकागज |
मंसिर ७, २०७८ मंगलबार १५:२५ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार पुनः ओरालो लागेको छ। सोमबार सामान्य बढेको सेयर बजार मंगलबार भने गिरावट आएको हो । मंगलबार सेयर बजार परिसूचक ३२.३१ अंकले घटेको छ । सेयर मूल्य मापन गर्ने नेपाल स्टक एक्सचेन्ज इन्डेक्स २७३३.१२ बिन्दूमा झरेको हो ।

(नेप्से)मा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ३.९८ अंक अर्थात् ०.७७ प्रतिशतले घटेको छ । मंगलबार २ सय २७ कम्पनीका सेयर ५३ हजार ७ सय ६७ पटक कारोबार भएको छ ।


बजार घटे पनि मंगलबार कारोबार रकममा भने बढेको छ । सोमबार ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६ सय २७ रूपैयाँ बराबरको कारोबार भएको सेयर बजारमा आज कारोबार रकम भने ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५ सय ७८ रुपैयाँ कारोबार भएको छ । नेप्सेमा आज ७४ लाख ४८ हजार ३ सय ६६ सेयर कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १४ कम्पनीको मात्रै सेयर मूल्य उकालो लागेको छ भने १ सय ७१ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । आज पनि मानुसी लघुवित्तको सेयरमा सर्किट ब्रेकर लागेको छ । आजको कारोबारमा आधिकांस परिसूचक राताम्मे देखिएका छन् ।


Author

थप समाचार
x