अर्थ / बाणिज्य

अमेरिकामा हुवावेको ट्वीटले गर्‍याे मजाक

इकागज |
मंसिर ७, २०७८ मगलवार १६:१० बजे

फाइल फोटो

काठमाडौँ - चिनियाँ कम्पनी हुवावेको अफिसियल ट्वीटर ह्याण्डलबाट अमेरिकमा ब्ल्याक फ्राइडेमा आफ्नो स्मार्ट फोनमा शतप्रतिशत छुट दिने ट्वीट गर्‍यो । हुवावेको यो ट्वीट केही समयमै भाइरल बन्यो । अमेरिकामा प्रतिबन्धित रहेको हुवावेको यो मजाकलाई धेरैले सत्य मानेर रिट्वीट गरेपछि त्यसको प्रतिउत्तर दिँदै हुवावेले अमेरिकामा कुनै फोन नबेचेको र यो एउटा मजाकमात्र भएको बताएपछि भने ट्वीटर प्रयोगकर्ताले मजाक भन्दै हुवावेलाई उडाएका छन् ।

हुवावेयूएसको ट्विटर ह्यान्डलमा ‘ब्ल्याक फ्राइडे स्पेशल, अमेरिकामा बेचिने सबै स्मार्टफोनहरुमा १०० प्रतिशत छुट’ भन्ने ब्यहोरा पोस्ट गरिएको थियो। उक्त ट्वीट पोस्ट गरेको एकैछिनमा यसमा हज्जारौं कमेन्ट तथा रिट्वीट गरिएका थिए। चिनियाँ स्मार्टफोन कम्पनी हुवावेमाथि अमेरिकाले गत वर्षदेखि प्रतिबन्ध लगाएको छ।


यो प्रतिबन्ध अन्तर्गत हुवावेले अमेरिकामा कुनै पनि सामान बेच्न तथा विशेष इजाजतबिना कुनै पनि अमेरिकी प्रविधि प्रयोग गर्न पाउँदैन। यसै हिसाबले पनि हुवावे यूएसएले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा ब्ल्याक फ्राइडेका बेला विशेष अफर राखेको ब्यहोरा पोस्ट गर्नु साँच्चै नै आश्चर्यजनक थियो।

 


Author

थप समाचार
x