अर्थ / बाणिज्य

लुम्बिनी प्रदेशमा श्रम बजार सूचना प्रणाली विकास

इकागज |
पुस ९, २०७७ बिहीबार २०:२६ बजे

काठमाडौंः श्रम सूचनामा रोजगारदाताको माग अनुरुप काम गर्न रोजगारदाता नेतृत्वको श्रम बजार सचिवालय परियोजना सुरु भएको छ । उद्योगहरूमा माग अनुरुप श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माणका लागि देशका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरुको संयुक्त पहलमा सचिवालय गठन गरि यो परियोजना अघि बढाइएको हो । 

नेपाल उद्योग परिसंघ (सीएनआई) को आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रमा प्रदेश प्रमुख धर्मनाथ यादवले सो परियोजनाको सुरुवात गरेका छन् । 
परियोजनाले कृषि, निर्माण र पर्यटन लगायत विविध क्षेत्रको समग्र सीप पहिचान गरी आवश्यक शीपहरुको एकरुपता कायम गर्दै सरकारलाई सो अनुरुप नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 


कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोरले प्राविधिक एवम् व्यवसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा सीप र उद्योगको आवश्यकताबीच समन्वय कायम हुन नसकेको उल्लेख गर्दै यो पहलले रोजगारदाताको आवश्यकता अनुसार सीपयुक्त श्रम शक्ति उत्पादन गर्न सकिने बताए । 
यस्तो समस्यालाई दृष्टिगत गरि नेपाल उद्योग परिसंघ लगायतका निजी क्षेत्रका प्रमुख संस्थाहरुले श्रम बजार अनुसार जनशक्ति पहिचान गर्ने कार्यको लागि सहकार्य प्रारम्भ गरेको समेत जानकारी दिए । 

मुलुकभित्र औद्योगिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्याङ्क एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई यस परियोजनाले सम्बोधन गर्नुका साथै मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणलीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभूति दिलाउने, श्रम बजार सम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने लगायत काम गर्ने सीएनआईले जनाएको छ । 
 


Author

थप समाचार
x