अर्थ / बाणिज्य

साताको सेयर कारोबार २० अर्ब ४२ कराेड

इकागज |
मंसिर ९, २०७८ बिहीबार १५:२५ बजे

काठमाडौँ- धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । साताको पहिलो दिन आइतबार ११.६० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार भने सामान्य वृद्धि भएको थियो ।

साताको दोस्रो कारोबार दिन सोमबार ७.९० अंकले बढेको थियो । मंगलबार भने नेप्सेमा ३२.३१ अंकले घट्दा परिसूचक २७३३ अंकमा थियो । बुधबार २७३३ अकंबाट खुलेको बजार केही समयमा नै ३९ अंकले घटेको थियो । बजार बन्द हुँदा भने परिसूचक सामान्य माथी गई २७३५ मा पुगेको थियो । बजार १.८९ बढ्दा लगानीकर्ता केही उत्साह थपिएको थियो  ।


साताको अन्तिम कारोबार बिहिबार पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसुचक ३.२२ अंकले घटेर २७३१.७८ मा पुगेर याे साताको कारोबार बन्द भएको छ। आज ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.४५ अंकले बढेर ५१५.६४ बिन्दूमा पुगेको छ ।

आज २३३ कम्पनीका सेयर ४७ हजार १ सय १३ पटक कारोबार भएको छ । ७४ लाख ८६ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । आज ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२१ कम्पनीको सेयर मूल्य घटेको छ । बिहिकारको कारोबारमा सर्वाधिक कमाउनेमा सम्बृद्धि फाइनान्स तथा मानुषी लघुवित्त रहेका छन् । आज बैंकिङ र होटेल समूहका सेयर मूल्य बढेको छ ।

साताभरको नेप्सेमा कारोबार रकममा पनि ५ अर्ब नाघ्‍न सकेन । बजारमा तरलता अभावले गर्दा पनि सेयर बजारमा यसको प्रभाव परेको हो । लगानीकर्ताहरू माैद्रिक नीतिकाे पहिलाे त्रैमासिककाे समीक्षामा सेयर धिताेमा ऋणसम्बन्धी व्यवस्था पुनरवलाेकन हुनसक्ने अपेक्षामा 'पर्ख र हेर'काे अवस्थामा रहेकाे बताइन्छ । याे साता २० अर्ब ४२ कराेड रुपैयाँकाे सेयर कारोबार भएकाे छ । 

मिति

नेप्से परिसुचक

कारोबार रकम

मंसिर ५ आइतबार

२७५७.५३

 ४ अर्व ३५ करोड रुपैयाँ

मंसिर ६ सोमबार

२७६५.४३

 ३ अर्ब ९२ करोड रुपैयाँ

मंसिर ७ मंगलबार

२७३३.१२

 ४ अर्ब १६ करोड रुपैयाँ

मंसिर ८ गते बुधबार

२७३५

 ४ अर्ब २१ करोड रुपैयाँ

मंसिर ९ गते बिहिबार

२७३१.७८

 ३ अर्ब ७८ करोड रुपैयाँ

 

 


Author

थप समाचार
x