अर्थ / बाणिज्य

१८ जीबी र्‍याम भएको विश्वको पहिलो फोन

इकागज |
मंसिर ९, २०७८ बिहिवार १८:१ बजे

काठमाडौँ- चर्चित चिनियाँ स्मार्टफोन निर्माता कम्पनी जेडटीइले जेडटीइ एक्सन ३० अल्ट्रा एरोस्पेस एडिसन स्मार्टफोन बिहीबार सार्वजनिक गरेको छ । यो स्मार्टफोन १८ जीबी र्‍याम भएको पहिलो हो ।  फोनमा १ टीबी इन्टर्नल स्टोरेज रहेको छ ।

फोनको चारैतर्फ एक प्रकारको स्पेस थिम  ५ जेडटीइका अनुसार यसलाइ स्पेस एक्सप्लोरेसन तथा चिनियाँ अन्तरिक्ष यानको भावनाको रूपमा डिजाइन गरिएको हो ।


जेडटीइ एक्सन ३० अल्ट्रा एरोस्पेस एडिसनको मूल्य ६ हजार ९ सय ९८ युआन रहेको छ । नेपालमा यो फोन सार्वजनिक भएमा करिब १ लाख ५० हजार जति पर्न आउने हुन्छ।

चीनमा चर्चित रहेको जेडटीइलाइ अमेरिकामा भने पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धित गरेका थिए । एक्सन ३० अल्ट्राको ८ जीबी र्‍याम तथा १ सय २८ जीबी स्टोरेज भेरियन्ट भने ७ सय ४९ डलर रहेको छ । जेडटीइ एक्सन ३० अल्ट्रा एरोस्पेस एडिसन कम्पनीको भेनिला भर्सनकै समान रहेको छ ।

यसमा स्न्यापड्रागन ८ सय ८८ प्रोसेसर राखिएको छ । साथै एचडीआर १० प्लस तथा १ सय ४४ हर्जको रिफ्रेश रेटको सपोर्टसँगै यसमा फुल एचडी प्लस ६.६७ इन्चको एमोलेड कर्भ्ड स्क्रिन दिइएको छ । फोनमा ४६ सय एमएचको ब्याट्री दिएइको छ । 

यसमा ६४ मेगापिक्सेलको क्यामेरा ब्याक क्यामेरा रहेको छ । यसमा ८ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो सेन्सरसमेत रहेको छ । यस्तै फोनको अगाडि भागमा १६ मेगापिक्सेल सेन्सर दिइएको छ । 


Author

थप समाचार
x