बाल्ट्रा हरेक हप्ताका सुनको सिठ्ठी योजनाका विजेता सार्वजनिक
काठमाडौँ- चाडपर्वलाई लक्षित गर्दै बाल्ट्रा होम एप्लायन्सले सर्वसाधारणका लागि ल्याएको ‘बाल्ट्रा बडा उत्सव’ योजना अन्तर्गत पहिलो, दोस्रो र तेस्रो हप्ताका भाग्यसाली विजेताहरू सार्वजनिक गरेको छ । बाल्ट्राको कुनै पनि सामानको खरिद गरी सहभागी सम्पूर्ण मध्य गोलाप्रथाद्वारा काठमाडौंकी उन्नति श्रेष्ठ पहिलो हप्ताका विजेता बन्न सफल भएकी छन् ।
त्यसैगरी सुर्खेतकी ईश्वरी वि.क दोस्रो हप्ता र जीतपुरका राजकुमार सोनी तेस्रो हप्ताका विजेता बन्न सफल भएका छन् । यस योजनाका सबै विजेताहरु २२ क्यारेट, ४ ग्राम नेट तौलको सुनको सिठ्ठी प्राप्त गर्नेछन् ।
नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर) बाट का जुनसुकै सामानको खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ । उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट/प्यान बिल ल्याउनुपर्ने छ । साथै उपहारमा लागू हुने कर विजेता आफैले व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया