अर्थ / बाणिज्य

ढाका कपडाको प्रदर्शनी काठमाडौंमा हुने

इकागज |
मंसिर १२, २०७८ आइतवार १७:१८ बजे

काठमाडौँ - काठमाडौंमा ढाका कपडाको प्रर्दशनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरूको भेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा पुष २, ३ र ४ गते  काठमाडौं वानेश्वरको थापागाउँस्थित एक व्यांक्वेटमा ढाका कपडाको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरूको भेला हुने भएको हो ।

प्रदर्शनीमा ४० वटा स्टल रहने बताइएको छ । त्यसमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटा स्टलमा रेशाजन्य अल्लोका उत्पादनहरू राखिने नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघका संयोजक रमेश श्रेष्ठले जानकारी दिए । सो अवसरमा ढाका उद्यमी व्यवसायीहरूको छाता संस्थाको रूपमा रहेको ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको पुनर्गठन समेत गरीने संयोजक श्रेष्ठले बताए । उनकाअनुसार प्रदर्शनीमा राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको पनि सहयोग रहेको छ ।



Author

थप समाचार
x