अर्थ / बाणिज्य

भारतमा फाइभजीको परिक्षण सफल

इकागज |
मंसिर १४, २०७८ मंगलबार ११:२७ बजे

काठमाडौँ- भारतमा फाइभजीको परिक्षण सफल भएको छ ।  भारतीय दूरसञ्चार सेवाप्रदायक भोडाफोन आइडिया फाइभजी परीक्षणमा सफल भएको हो।  पुनेमा गरिएको परीक्षणमा कम्पनीले फाइभजीमा ४.१ जीबीपीएसको स्पीडमा इन्टरनेट चलाएर परिक्षण सफल पारेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भोडाफोनले भारतका मुख्य तीन सहर पुने, महाराष्ट्र र गान्धीनगरमा फाइभजी परीक्षणका लागि अनुमति प्राप्त गरेको जनाएको छ । अब फाइभजी व्यवसायिक रुपमा सञ्‍चालन हुने कम्पनीले जनाएको छ । 


हाल भारतका विभिन्न सहरमा एयरटेल तथा भोडाफोनले फाइभजी परीक्षणको काम गरिरहेका छन् । भोडाफोनको गान्धीनगरमा नोकियासँग र पुनेमा एरिक्सनसँग परीक्षण भइरहेको छ । त्यसमध्ये पुनेको परीक्षणमा ४.१ जीबीपीएस गति हासिल भएको कम्पनीको जनाएको छ ।

उक्त स्थानमा २६ गिगाहर्ज ब्याण्डको स्पेक्ट्रम प्रयोग गरिएको थियो । थप दुई स्थानमा पनि चाँडै परीक्षण अघि बढाइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परीक्षण क्रममा मेडिकल, क्लाउड गेमिङ, आपतकालीन सेवालाई देशका दुर्गम क्षेत्रमा जोड्नका लागि प्रयोग गरिने छ  ।


Author

थप समाचार
x