अर्थ / बाणिज्य

'जाडो हरायो जब सिजी घरमा आयो' नयाँ योजना

इकागज |
मंसिर १४, २०७८ मंगलबार १४:५४ बजे

काठमाडौँ - इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले जाडोलाई लक्षित गरेर 'जाडो हरायो जब सि.जी.घरमा आयो' नयाँ योजना ल्याएको छ। योजना अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको हो ।

जाडोमा जीवन सहज बनाउने  सिजीका यी घरेलु उपकरणहरू  उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। प्रविधि र नवीनतमा बिशेष चासो राख्ने सिजि ब्राण्डको उतकृष्ट प्रविधिबाट सुसजित उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल अभिप्राय रहेको कम्पनीले जनाएको छ ।


जाडोलाई बिशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल,डिस्पेन्सर, रुम हिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेका कम्पनीले जनाएको छ ।

त्यसैगरी, उल्लेखित उत्पादनहरू उपयोगी मात्र नभइ अत्यन्तै टिकाउ र अन्ताराष्ट्रिय गुणस्तरको रहेका समेत कम्पनीले दाबी गरेको छ ।


Author

थप समाचार
x