अर्थ / बाणिज्य

नेतृत्व विकासमा लाग्यो मिडिया एकेडेमी

नयाँ नेतृत्व खोजी गर्दै

इकागज |
मंसिर १५, २०७८ बुधबार १३:२४ बजे

काठमाडौँ - मिडिया एकेडेमी नेपालले नेतृत्वको डिजिटलाइजेसन, प्रोफाइलिङ, भिडियो डकुमेन्टरी निर्माण, सोच र सपनाको प्रस्तुति, नेतृत्वको पूर्ण डकुमेन्टसन गर्ने काम शुरू गरेको छ ।

सम्भावनायुक्त नेतृत्व, अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रम भएको नयाँ पुस्ता, स्पष्ट सोच र दृष्टिकोण सहित जनभावना र जनअपेक्षा बुझ्नसक्ने, भूगोल, इतिहास, कला, भाषा, समाज, संस्कृति र पहिचानलाई अगाडि बढाउने र राष्ट्रिय भावनाले अतप्रोत नेता चयन गर्ने यो एउटा प्रयास भएको एकेडेमीले जनाएको छ ।


मुलुकको आवश्यकता र आम जनताको आकांक्षा पूरा गर्न सक्ने राजनीतिक नेतृत्वको अभाव नेपालले सधैं भोगिरहेकै छ । मुलुकमा खुला राजनीति शुरू भएको दशकैंसम्म पनि जनताले खोजेको अनि सोचेको नेतृत्व पाएका छैनन् । तथापि नेतृत्वको सोच, योजना सही हुँदाहुँदै पनि सही वातावरण, उचित सल्लाह, परामर्श र अध्ययन, अनुसन्धानको अभावमा भएका कतिपय राम्रा नेताहरू पनि ओझेल परेका छन् ।

त्यसका साथै आम मानिस, मिडिया जगत, नागरिक समाज लगायतका विचार र सामाजिक कार्यक्रमहरूको उचित तरिकाबाट कार्यान्वयन नहुँदा उपयुक्त नेतृत्व तयार हुन सकेका छैनन् । उत्पादन गर्न सिर्जनशील रुपमा सही नेतृत्वलाई अगाडि बढाउने पहलकदमी नहुनु हाम्रो वास्तविकता हो । राम्रो सम्भावना भएको नेतृत्वले पनि उचित वातावरणको अभावमा आफ्नो विचार र योजना कार्यन्वयन गर्न नपाउनुले नेपालको नेतृत्व उचित तरिकाबाट निर्देशित हुन नसकेको र उपयुक्त विकल्प पनि नेपालले पाउन नसकेको अवस्था छ ।

यही विषयहरूको अभाव पूर्ति गर्नको लागि सम्भावनायुक्त नेतृत्व, अल्पकालीन र दीर्घकालीन योजना र कार्यक्रम भएको नयाँ पुस्ता, स्पष्ट सोच र दृष्टिकोण सहित जनभावना र जनअपेक्षा बुझ्नसक्ने, भूगोल, इतिहास, कला, भाषा, समाज, संस्कृति र पहिचानलार्इ अगाडि बढाउने र राष्ट्रिय भावनाले अतप्रोत नेता चयन गर्ने यो एउटा प्रयास हो ।

यसै परिप्रेक्षमा नेतृत्वको डिजिटलाइजेसन, प्रोफाइलिङ, भिडियो डकुमेन्टरी निर्माण, सोच र सपनाको प्रस्तुति, नेतृत्वको पूर्ण डकुमेन्टसन गर्ने सोच अनुरूप मिडिया एकेडेमी नेपालले कार्य प्रारम्भ गरेको छ । सोच र योगदानको आधारमा विचार, दर्शन, सपना र सही मुल्य(मान्यता भएका नेता वास्तवमा हाम्रा सम्पत्ति हुन्, यसको उचित व्यवस्थापन गरी आम समर्थक, जनता र दर्शकमाझ प्रभाव पर्ने गरी प्रस्तुत गर्दा त्यसले ठूलो प्रभाव पार्दछ ।

हाम्रो यो प्रयासले मुलुकले असल नेतृत्व त पाउने छ नै सही विचार, सिद्धान्त, दृष्टिकोण बोकेका नेतालाई आम मानिसविच परिचित हुन र अगाडि बढ्न सहज हुनेछ । यसले सम्भावना बोकेका नेतालाई उसको विचार सिद्धान्तकै आधारमा पार्टी र देशको नेतृत्वमा पुग्न मद्दत समेत गर्नेछ ।

यस्ता महत्वपूर्ण परियोजनाको नेतृत्व हालसम्म कसैले पनि नलिनुले राजनीति र यसको क्षेत्र आम जनताको चासो र रुचिको बिषय बन्न्न नसकेको हो । जब राजनीतिमा सौन्दर्यात्मक पक्षको बाहुल्यता रहन्छ, तब यस क्षेत्रले आम जनताको मन र मस्तिस्कमा प्रभावकारी रुपले स्थान बनाउन सक्छ । जनताको मनमा सही र असल नेता स्थापित गराएर मुलुकको नेतृत्वमा पुर्याउने योजना सहित मिडिया एकेडेमीले यो अभियान शुरूवात गरेको हो ।

यी समग्र विषयवस्तुको अध्ययन पश्चात सही, सम्भावनायुक्त र भिजनरी सोच भएका नेतृत्वलाई समाजमा स्थापित गरी ती नेतृत्वद्धारा सुशासनको प्रत्याभूति गराउन र देशलाई विकास र समृद्धिको यात्रमा थप योगदान पुर्याउन यो मतदान सर्वेक्षण अभियानको शुरुआत गरिएको हो । यस अभियानले सबै विचार, सिद्धान्त, पार्टी, संगठन, नेतृत्व, युवा नेतृत्व, सम्भावना र सोच सहितको व्यक्तिहरूलाई मिडिया, दूरसञ्चार, नवप्रवर्तन प्रविधिको उच्चतम प्रयोगमार्फत लोकतान्त्रिक, न्यायोचित र वैज्ञानिक उपलब्धी प्राप्त गर्नेछ । यसले मत सर्वेक्षणको आधारमा कुन नेताको लोकप्रियता कति भन्ने जिज्ञासालार्इ सम्बोधन गर्नेछ र जनताको मत र विचारलाई प्रमाणीकरण गरी पार्टीभित्र तथा बाहिरको वस्तुस्थितिको जानकारी गराउँदै नेतृत्वलाई सही गन्तब्यसम्म पुराउने कार्य गर्न सघाउने छ ।

यस्तो छ छनोट प्रक्रियाः

लोकप्रिय नेतृत्वको छनोटका लागि सम्बन्धित व्यक्तिको पार्टी, राजनीतिक जीवन र सो पार्टीको केन्द्रीय समितिमा रहेको प्रमाणित तथ्यलाई प्रमुख आधार मानिएको छ । यसैगरी उनीहरूको वेबसाइट, मोबाइल एप, डिजिटल सफ्टवेयर, विकिपिडिया, जीवनवृत्त, सोच भिडियो, सोच आलेख, परियोजना प्रोफाइल, योगदान प्रोफाइल लगायतका आधारमा व्यक्तिगत विवरण संकलन गरी आम जनसमुदाय समक्ष लोकप्रियता मापनका लागि प्रस्तुत गरिएको छ । नेता छनोट गर्दा राजनीतिमा लागेको अनुभवदेखि पढाइ, सार्वजनिक मञ्चमा दिएको अभिव्यक्ति, आचरण, आम मानिसविचको लोकप्रियता, सार्वजनिक व्यक्तित्वलगायत विषयलाई आधार बनाइने छ ।

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली पुनः नेतृत्वमा आउने कुरा करिब सुनिश्चित जस्तै छ । तर ओलीपछि एमालेको नेता को भन्ने कौतुहलता र प्रश्नहरू व्यापक रहेका छन् । हामी यो अभियानअन्तर्गत ओलीपछिका एमालेका १० लोकप्रिय नेताको खोजी गर्नेछौँ । आम नागरिकको मत र धारणमा त्यस्ता नेताको सूची तयार हुनेछ । एमालेका ६ लाख बढी कार्यकर्ताबाट चुनिएका करिब २ हजार प्रतिनिधिले चुन्ने एमालेको नेतृत्वप्रति हाम्रो कुनै सापेक्ष वा निरपेक्ष दृष्टिकोण नरहने जानकारी गराउन चाहन्छौँ ।

पहिलो चरणमा नेकपा एमालेको केन्द्रीय नेतृत्व ९१० औँ राष्ट्रिय महाधिवेशन आयोजक समिति० सदस्यहरूमध्ये कुन नेताको लोकप्रियता कति छ भनी पत्ता लगाउन आम जनसमुदायमा सार्वजनिक भोटिङका लागि आह्वान गरिने छ र एक सय जना नेता छानिने छन् । दोस्रो चरणमा एक सयमध्येबाट उत्कृष्ट ५०, तेस्रो चरणमा ५० मध्येबाट उत्कृष्ट २५, चौथो चरण वा अन्तिम चरणमा २५ मध्येबाट उत्कृष्ट १० नेता छनोट हुनेछन् । भोटिङ संसारभरबाट गर्न सकिन्छ । मोबाइल एसएमएस र अनलाइन ९फेसबुक, ट्विटर, वेबसाइट संस्करण गरी दुई प्रक्रियाबाट भोट गर्न सकिनेछ । भोटिङको अङ्क विभाजन मोबाइल एसएमएस ५० प्रतिशत र अनलाइन ९फेसबुक, ट्विटर, वेबसाइट संस्करण ५० प्रतिशतमा गणना गरिनेछ । यी दुई माध्यमबाट प्राप्त मत सर्वेक्षणको कूल अंकको मतभारका आधारमा लोकप्रियता मापन हुनेछ र प्रत्येक चरणको सार्वजनिकीकरण सोही रातको १० बजे गरिनेछ ।

यो विधि विकसित राष्ट्रहरूमा विगतदेखि नै अभ्यासमा छन् । निष्पक्ष, तटस्थ र पारदर्शी प्रकृयाबाट लोकप्रिय नेता छनोट हुँदा जनताप्रति उनीहरूको जवाफदेहिता र उत्तरदायित्व बहनमा थप बृद्धि हुने र यसले भविष्यमा नेतृत्व विकासमा समेत मद्दत पुग्नेछ । यो प्रकृयाले नेपाल जस्तो संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था अंगिकार गरेको मुलुकका लागि थप महत्वपूर्ण हुनेछ । हरेक पार्टीको नीति र नेतृत्वले देशका हरेक क्षेत्र प्रभावित हुने अवस्था बन्छ भने ती सबै क्षेत्रका नागरिकको दृष्टिकोण राजनीतिक दलका नेताप्रति कस्तो छ भन्ने मापन पनि गरिनुपर्छ । त्यसैका निम्ति यो पहलकदमी भएको एकेडेमीको भनाइ छ । अन्त्यमा हामीले यसबाट प्राप्त निष्कर्ष सम्बन्धित पार्टीको नेतृत्वलाई हस्तान्तरण गर्ने एकेडेमीले जनाएको छ  ।


Author

थप समाचार
x