अर्थ / बाणिज्य

नेपालमा पनि भित्रियो 'कर्न'

इकागज |
मंसिर १५, २०७८ बुधवार १६:२६ बजे

काठमाडौँ -अन्तराष्ट्रिय ब्राण्ड कर्नले नेपाली बजारमा ३ वटा नयाँ स्मार्ट वाच मोडल सार्वजनिक गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारीक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेसनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा नयाँ स्मार्ट वाचहरूको घोषणा गरेको हो ।

कर्नका विश्व स्तरीय स्मार्ट वाचहरू डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध भएका छन् । यी स्मार्ट वाचहरूमा एमोलेड डिस्प्ले, वाटरप्रुफ फिचर,बिग ब्याट्रि क्यापासिटी, नर्डिक सिपियूलगायतका विशेषता रहेका छन् र यसको प्रमुख विशेषतामा ३६५ दिनको वारेन्टी पनि रहेको छ । 


कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्व स्तरका गुणस्तरीय एसेसरिजहरू उपलब्ध गराउँदै आएको र अब स्मार्ट वाच पनि ल्याएको बताए। उनले भने, ‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरू नेपाली बजारमा ल्याएका छौं। सूपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचरहरू भएको स्मार्टवाचले नेपालीहरूलाई आकर्षित गर्नेछ। हामीले कर्नका उत्पादनहरू बेच्ने मात्र नभई ग्राहकहरूको ध्यान र सन्तुष्टिलाई समेत ध्यान दिने गरेका छौं ।’ 

कम्पनीले नेपाली बजारमा लन्च गरेका तीन ओटा मोडलका स्मार्टवाचहरूको मूल्य डब्लूबी ०२ को ७ हजार ९ सय ९९, डब्लूबी ०३ को ८ हजार १ सय ९९ र डब्लूबी ०५ को ११ हजार ९ सय ९९ तोकिएको जनाएको छ । सन् २०१८ मा शुरु भएको कर्न ब्राण्ड विश्वका ३७ वटा भन्दा बढि देशहरूमा बिक्री हुँदै आएको छ । नेपालसहित विश्वका अन्य देशहरू इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरूमा उपलब्ध छन्। 

 


Author

थप समाचार
x