ऊर्जा मन्त्रीको निर्देशनमा काबेली ‘ए’ को पीपीए उल्टाइँदै
काठमाडौँ - ऊर्जामन्त्री पम्फा भुसालको निर्देशनमा विवादास्पद काबेली ‘ए’को पुरानो पीपीए उल्टाई नयाँ पीपीए गर्ने र अनिवार्य उत्पादन मिति (आरसीओडी) थप गर्ने प्रस्ताव विद्युत् प्राधिकरण सञ्चालक समितिमा पुगेको छ ।
प्राधिकरण स्राेतका अनुसार आज बुधबार बेलुकी पाँच बजे बस्न लागेको प्राधिकरण सञ्चालक समिति बैठकबाट काबेली ए सम्बन्धी उक्त दुई प्रस्ताव पारित गराउने योजना छ । काबेली ‘ए’ले उत्पादन गर्ने बिजुली सुख्खायाममा ३० प्रतिशत नपुग्ने भएकाले र यसको पुरानो उत्पादन गरिसक्नुपर्ने अवधि व्यतीत भइसकेकाले पीपीए परिवर्तन गर्न लागिएको हो ।
नदी प्रवाही (रन अफ रिभर) वाला ढाँचामा पीपीए परिणत गर्नका लागि प्रस्ताव लैजाने ‘अनुमति’ यसअघि केपी ओली सरकारका ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले थिए ।
विस्तृत समाचारका लागि यहाँ हेर्नुहाेस्
‘रोकिएका काम’ फुकाउँदै ऊर्जा मन्त्री रायमाझी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया