अर्थ / बाणिज्य

ऊर्जा मन्त्रीको निर्देशनमा काबेली ‘ए’ को पीपीए उल्टाइँदै

इकागज |
मंसिर १५, २०७८ बुधबार १६:४२ बजे

काठमाडौँ -  ऊर्जामन्त्री पम्फा भुसालको निर्देशनमा विवादास्पद काबेली ‘ए’को पुरानो पीपीए उल्टाई नयाँ पीपीए गर्ने र अनिवार्य उत्पादन मिति (आरसीओडी) थप गर्ने प्रस्ताव विद्युत् प्राधिकरण सञ्चालक समितिमा पुगेको छ ।

प्राधिकरण स्राेतका अनुसार आज बुधबार बेलुकी पाँच बजे बस्न लागेको प्राधिकरण सञ्चालक समिति बैठकबाट काबेली ए सम्बन्धी उक्त दुई प्रस्ताव पारित गराउने योजना छ । काबेली ‘ए’ले उत्पादन गर्ने बिजुली सुख्खायाममा ३० प्रतिशत नपुग्ने भएकाले र यसको पुरानो उत्पादन गरिसक्नुपर्ने अवधि व्यतीत भइसकेकाले पीपीए परिवर्तन गर्न लागिएको हो ।
नदी प्रवाही (रन अफ रिभर) वाला ढाँचामा पीपीए परिणत गर्नका लागि प्रस्ताव लैजाने ‘अनुमति’ यसअघि केपी ओली सरकारका ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले थिए ।


विस्तृत समाचारका लागि यहाँ हेर्नुहाेस्

‘रोकिएका काम’ फुकाउँदै ऊर्जा मन्त्री रायमाझी

 

 


Author

थप समाचार
x