अर्थ / बाणिज्य

स्प्राइटमा चार जनाले पाए पल्सर मोटरसाइकल

इकागज |
मंसिर १५, २०७८ बुधबार १७:४८ बजे

काठमाडौँ- लेमन-लाइम पेय पदार्थ स्प्राइटको ‘स्क्रिन टाइम प्रमोशनल अभियान’अन्तर्गतको एक क्याम्पेन सम्पन्न भएको छ ।  ‘चिलिंगको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ शीर्षकको क्याम्पेन समापन अवसरमा स्प्राइटले ४ भाग्यशाली विजेतालाई एक-एक वटा बजाज पल्सर (१२५ सीसी) मोटरसाइकल हस्तान्तरण गरेको हो।

बोट्लर्स नेपालका च्यानल मार्केटिङ म्यानेजर सुमित दास र हंसराज हुलासचन्दकी असिस्टेन्ट जनरल म्यानेजर पुनम सिंहले टेकुस्थित बजाज शोरूममा विजेतालाई मोटरसाइकल हस्तान्तरण गरे ।


त्यस्तै यस कार्यक्रमका बाँकी ५ जना विजेताहरूलाई ४३ इन्चको सामसङ टीभी र २६३ जना विजेतालाई सामसङ मोबाइल पनि प्रदान गरिएको थियो । यो क्याम्पेन सेप्टेम्बर १५ देखि नोभेम्बर ४ सम्म संचालन भएको थियो ।


Author

थप समाचार
x