अर्थ / बाणिज्य

साताभर सेयर बजारमा निराशाजनक कारोबार

इकागज |
मंसिर १६, २०७८ बिहिवार १५:८ बजे

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको कारोबार पनि निकै निराशाजनक रह्यो। साताको सुरुवातबाटै गिरावट रहेको सेयर बजारमा बधुबारमात्रै झिनो अंकले बढेको थियो । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ८० अंकले घटेको थियो ।

लगानीकर्ता नेपाल राष्ट्रबैंकले मौद्रक नीतिमार्फत ४-१२ को क्याप हटाउने आशामा थिए तर बैंकले सो नीतिमा कुनै सुनुवाई नगरेपछि लगानीकर्तामा निराशा छाएको थियो।


सोमबार पनि सेयरबजारको ओरालो यात्रा निरन्तर नै रह्यो । सोमबार सेयर बजार २१.५१ अंकले घटेर २६२९.९८ अंकमा झरेको थियो ।

मंगलबार पनि ओरालो यात्रा निरन्तर रहेको थियो । मंलबार १.६४ अंकले घट्दा २६२८.३७ अंकमा पुगेको थियो ।

यता बुधबार भने सेयर बजार केही उकलो लागेको थियो । बुधबार ५५.२८ अंकले बढेर २६३३.६६ अंकमा पुगेको थियो ।

साताको अन्तिम दिन सेयर बजारमा उल्लेख्य गिरावट आएको छ । आज सेयर बजार परिसूचक अंकले ४९.०४ घटेर २५८४.६१ बिन्दूमा पुगेको छ ।

आज ३ अर्ब ४१ करोड ३५ लाख ८९ हजार १ सय २६ रूपैयाँ बराबरको कारोबार हँदा ७९ लाख ३२ हजार ७ सय ३१ सेयर कारोबार भएको छ । बिहिबारको कारोबारमा ११ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने १ सय ७७ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । आज सबै सेयर बजारका १३ वटै परिसूचक राताम्मे देखिएका छन् ।

मिति

नेप्से परिसुचक

कारोबार रकम

मंसिर १२ आइतबार

२६५१.४९

 ५ अर्व ८३ करोड रुपैयाँ

मंसिर १३ सोमबार

२६२९.९८ 

 ४ अर्ब ८९ लाख रुपैयाँ

मंसिर १४ मंगलबार

२६२८.३७

 ३ अर्ब ८९ करोड रुपैयाँ

मंसिर १५ गते बुधबार

२६३३.६६

 २ अर्ब ७४ करोड रुपैयाँ

मंसिर १६ गते बिहिबार

२५८४.६१

 ३ अर्ब ४१ करोड रुपैयाँ

 

 

 


Author

थप समाचार
x