अर्थ / बाणिज्य

एलजीको ३६० प्युरिफायर नेपालमा

इकागज |
मंसिर १८, २०७८ शनिबार १३:३१ बजे

काठमाडौँ - सीजी इलेक्ट्रोनिक्सले एलजी एयर प्युरिफायर ३६० नेपाली बजारमा ल्याएको छ । ३६० डिग्री प्युरिफिकेसनले चौतर्फी दिशाबाट हावालाई फैलाउने गरी कोठाको सबैतिर प्युरिफिकेसन दिने सीजीले नेपाली बजारमा भित्र्याएको हो। यस एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्ने र हावामा हानिकारक पदार्थहरु कम गर्ने कम्पनीले जनाएको छ।

‘हावामा तैरिरहेको भाइरस र किटाणुहरुलाई हटाइ एलजी एयर प्युरिफायर ३६० ले ठाउँ सफा र आरामदायी राख्छ’ सिजीले भनेको छ ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजि (नासा)द्वारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजीको मद्दतले हावाको एयर फ्लो उच्चतम गराई एयर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ।’


६ वटा पत्र भएको विभिन्न स्वस्थ मापदण्डबाट प्रमाणित मल्टी फिल्टरेसन सिस्टमको फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धुलोलगायत प्रदुषणलाई ९९‍.९९ प्रतिशत हटाउने कम्पनीको दाबी छ । पीएम. १.० सेन्सरको साथै आयोनाइजरले अति सुक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एयरबोन पाटिकल्सलाई पनि निष्कृय पार्ने कम्पनीको भनाई छ । यसको प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पुर्‍याउने तथा प्युरिफायरमा १० वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x