अर्थ / बाणिज्य

सवारी दर्ता र चालक अनुमतिपत्र नवीकरण अब चितवनबाट पनि

इकागज |
मंसिर १८, २०७८ शनिवार १५:१५ बजे

चितवन - सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण अब चितवनबाट पनि हुने भएको छ । 

शनिबार यातायात व्यवस्था सेवा कार्यालयले चितवनमा सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले शुभारम्भ गरेका हुन् । 


यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार एम्बुलेन्सको सवारी दर्ता प्रमाणपत्र र नवीकरण गरिएको सवारी चालक अनुमतिपत्र हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरिएको थियो । उनले हाल स्मार्ट लाइसेन्स वितरण गर्न  थालिएको र  छिट्टै पुराना  सवारी चालक अनुमतिपत्रको पनि नवीकरण गरिने बताए । 

त्यस्तै माओवादी अध्यक्ष प्रचण्डले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताए । चितवनमा विसंं २०५१ देखि पटके कार्यालयको रुपमा यातायात सेवा कार्यालय स्थापना भएको थियो ।

२०७७ वैशाख ६ गते सवारी साधन दर्तासमेत विस्तार गर्ने निर्णयबमोजिम २०७८ साउन २८ गतेबाट सवारी साधन दर्ताको प्रक्रिया सुरु भइसकेको कार्यालयले जनाएको छ ।

 


Author

थप समाचार
x