अर्थ / बाणिज्य

रिलायन्स लाइफको लाभांश बिमा समितिबाट स्वीकृत

इकागज |
मंसिर १९, २०७८ आइतबार १४:३४ बजे

काठमाडौँ - रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांशलाई बिमा समितिले स्वीकृत गरेको छ । बिमा समितिले १६ मंसिरमा कम्पनीलाई पाँच दशमलव २६३ प्रतिशत अर्थात् ११ करोड पाँच लाख २७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो ।

१८ असोजमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रतिसेयर पाँच रुपैयाँ २६३ रुपैयाँको दरले ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्न निर्णय गरेको थियो । उक्त लाभांश पारित गर्न ११ पुसमा वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीले प्राप्त गर्न सक्नेछन् । 



Author

थप समाचार
x