अर्थ / बाणिज्य

प्रविधि कम्पनीले 'सिलीकन भ्याली' नै किन रोज्छन !

इकागज |
मंसिर १९, २०७८ आइतवार १६:२९ बजे

काठमाडौँ - विश्वमा प्रविधिको विकासले केही वर्षमै निकै ठूलो परिवर्तन ल्यायो । इन्टरनेट, स्मार्टफोनहरूले हाम्रो काम तथा जीवनलाई निकै सजिलो बनाएको छ । प्रविधिको विकासमा अमेरिकी कम्पनीहरूको बाहुल्यता रहेको देखिन्छ । अधिकांश प्रविधिका कम्पनीहरू अमेरिकाको सिलीकन भ्यालीमा रहेका छन् । सिलीकन भ्यालीमा फेसबुक, गुगल, इन्टेल, एप्पल लगायतका ठूला कम्पनीहरू रहेका छन् ।

सिलीकन भ्यालीमै किन प्राय स्टार्टअप र ठूला कम्पनीहरू रहेका छन् त ?  किन सिलीकन भ्यालीलाई हाइटेक प्रविधिको उद्गम क्षेत्र भनिन्छ त ?


सिलीकन भ्यालीमा सुरु भएका अधिकांश कम्पनीहरू सफल भएका देखिन्छ । संसारका अन्य स्थानबाट सुरु भएका कम्पनीहरू पनि सफल नभएका भने होइनन् तर प्रविधिका अग्रणी कम्पनीहरू यहीँबाट सुरु भएका छन्  र यसै भ्यालीमा आफ्नो मुख्यालय बनाएका छन् । 

कुनैपनि स्टार्टअप कम्पनी 'ग्रो' हुनको लागि सिलीकन भ्यालीमा अत्यन्तै उपयोगी वातावरण रहेको देखिन्छ । यहाँ अधिकांश प्रविधिका खर्बपतिहरू रहेका छन् । जब कुनै कम्पनीले यस क्षेत्रमा राम्रो सुरुवात गरेको हुन्छ त्यसलाई किनेर आफू अनुकूल बनाउने गरेको पाइन्छ ।

सिलीकन भ्यालीमा अमेरिकी सरकारले इन्टरनेट, बिजुली तथा अन्य विभिन्न सुविधाहरू दिएको छ जसले गर्दा कुनैपनि स्टार्टअप कम्पनीलाई बजारमा उत्रन सजिलो हुने गर्छ । यस्ता सुविधाहरूले समेत गर्दा अधिकांश प्रविधिका कम्पनीहरू यसै क्षेत्रलाई आफ्नो कार्यालय स्थापना गर्ने गरेका छन् ।

'थिंक टेक जोइन्ट भेन्चर्स'को एक रिपोर्ट अनुसार सिलीकन भ्यालीमा हाल २९ लाख भन्दा बढी मानिसहरू बसोबास गर्ने गरेका छन् । यस क्षेत्रमा काम गर्ने तलब औसतमा १ लाख १६ हजार डलर भन्दा बढी रहेको छ । नेपालमा लोकप्रिय रहेको हाम्रोपात्रो सुरुवात समेत यसका संस्थापक शंकर उप्रेतीले यसै क्षेत्रबाट सुरुवात गरेका थिए । 


Author

थप समाचार
x