अर्थ / बाणिज्य

हिरासतमा किताब किन्न मुक्तिनाथ बैंकद्वारा १० हजार रूपैयाँ सहयोग

इकागज |
मंसिर १९, २०७८ आइतबार १७:१२ बजे

काठमाडौँ - इलाका प्रहरी कार्यलाय डेढगाँउको हिरासतमा किताब किन्नका लागि मुक्तिनाथ विकास बैंक लिमिटेडले १० हजार रूपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्त्वअन्तर्गत उक्त सहयाेग गरेकाे हाे । 
   
यस्तै मोटरसाइकल दुर्घटना परी शारीरिक रूपमा अपांग भएका आँधीखोला गाँउपालिका- ६ का पदम क्षेत्रीको उपचार तथा जीविकाका लागि एक लाख रूपैयाँ सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले भुमहीमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम पनि सम्पन्न गरेको छ । यस्तै कोभिड- १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तानसेनमा रहेका विभिन्न कलेजमा मास्क तथा स्यानिटाइजरलगायत स्वास्थ्य सामग्री वितरण गरेको छ । ट्राफिक सचेतनाका लागि जनचेतनामूलक बाेर्ड राख्नका लागि पार्वतीपुर बजार सामुदायिक संस्थालाई २५ हजार रूपैयाँ सहयोग गरेको बैंकले जानकारी दिएको छ । 


जुनसुकै बैंकका एटीएम मेसिनबाट निः शुल्क रकम झिक्न सकिने

यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ । यसका साथै मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङजस्ता सेवा घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।


Author

थप समाचार
x