अर्थ / बाणिज्य

पलाँतामा नबिलको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

इकागज |
मंसिर १९, २०७८ आइतबार १८:२५ बजे

काठमाडौँ - नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारीसमेत गरेको छ ।

पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त साझेदारीमार्फत गाँउपालिकाहरूले स्थानिय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धि कार्यक्रम, तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारीसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम, तालिमहरूमा वित्तीय साक्षरतासम्बन्धि अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको छ ।


कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे । बैंकले जारी गरेको वित्तीय साक्षरताको सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्धक लिला ओझाले बोलेका छन् ।

अन्तर्क्रियामा स्थानिय किसान, युवा तथा महिला उद्यमीहरूले उठाउएका जिज्ञासा तथा सुझावकोसमेत सम्बोधन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरू साथै छिमेकी गाउँबासीहरू पनि उपस्थित थिए ।
 


Author

थप समाचार
x