अर्थ / बाणिज्य

सेयर बजार ३२ अंकले बढ्यो

इकागज |
मंसिर २०, २०७८ सोमबार १५:१८ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्से सोमबार सामान्य अंकले बढेको छ । साताको पहिलो कारोबारको दिन आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार भने ३२ अंकले बढेको हो ।

साेमबार नेप्सेमा ३२.२२ अंक अर्थात १.२८ प्रतिशत बृद्धि भएको छ । बजार बन्द हुँदा नेप्से परिसूचक २५४६.०९ अंकमा पुगेको छ। नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स .१५ अंक अर्थात् २.९० प्रतिशतले बढेको छ । साेमबारको कारोबारमा २ सय २७ कम्पनीका सेयर ६० हजार ८८ पटक कारोबार भएको छ ।


साेमबार ४ अर्ब ५४ करोड २३ लाख ५ हजार २ सय ७१ रूपैयाँ बराबरको कारोबार हँदा ९४ लाख ७१ हजार ३ सय ११ कित्ता सेयर कारोबार भएको छ ।  सोमबारको कारोबारमा १ सय ५७ कम्पनीको सेयर मूल्य उकालो लागेको छ भने २५ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ । साेमबार मेरो माइक्रो फाइनान्सको सेयर मुल्यमा सर्किट ब्रेकर लागेको छ ।

साेमबारको कारोबारमा मेरो माइक्रो फाइनान्स, एक्सल डेभलोमेन्ट बैंक, साहास ऊर्जा, महुली सामूदायिक , बोटलर्स नेपाल सर्वाधिक कमाउनेमा परेका छन् भने जनघनत्व सामूदायिक, न्यादी हाइड्रो पावर, युनिलिभर नेपालका सेयर आज सर्वाधिक गुमाउनेमा परेका छन् । साेमबारको कारोबारमा होटेल,व्यापार लगायतका १३ वटै परिसूचक हरियो देखिएका छन् ।


Author

थप समाचार
x