अर्थ / बाणिज्य

मस्तकलाले जितिन् वेस्टर्न् युनियनको ५ लाख पुरस्कार

इकागज |
मंसिर २१, २०७८ मंगलबार १८:२२ बजे

काठमाडौँ - वेस्टर्न् युनियनले चाडपर्व लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत मस्तकला नेपाली बिकले ५ लाख जितेकी हुन्। उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर केसीले संयुक्त रुपमा ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

युनियनको चाडपर्व लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म संञ्‍चालन गरेको थियो नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट- ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।



Author

थप समाचार
x