अर्थ / बाणिज्य

सेयर बजारको निरन्तर ओरालो यात्रा

२४५५ अंकमा झर्‍यो सेयर बजार

इकागज |
मंसिर २२, २०७८ बुधवार १५:९ बजे

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार गिरावट आएको छ । निरन्तर ओरालो लागेको बजार मंसिर महिना २२ सम्म आइपुग्दा जम्मा ५ दिनको कारोबार परिसूचक उकालो लागेको छ ।  नेप्सेमा गत मंसिर १ गते १६ अंक, ६ गते ११ अंक, ८ गते १ अंक, १५ गते ५ अंक तथा २० गते ३२ अंकले बढेको सेयर बजारमा अन्यदिनको कारोबारको परिसूचकको यात्रा भने ओरालो तर्फनै लागेको देखिन्छ । महिनाको अन्‍त्‍यतिर आइपुग्दा सम्म सेयर बजारमा जम्मा ६७ अंकले बढेको देखिन्छ ।

बुधबार सेयर बजार परिसूचक ५३.१० अंक अर्थात २.१२ प्रतिशतले घटेको छ । बुधबार बजार बन्द हुँदा परिसूचक २४५५.८० अंकमा झरेको छ। नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ९.३४ अंक अर्थात् १.९७ प्रतिशतले घटेको छ । आजको कारोबारमा २ सय २६ कम्पनीका सेयर ४२ हजार ९ सय ४६ पटक कारोबार भएको छ ।


आज २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६ सय २० रूपैयाँ बराबरको कारोबार हुँदा ६५ लाख ६० हजार ९ सय ४७ कित्ता सेयर कारोबार भएको छ। बुधबारको कारोबारमा ७ कम्पनीको मात्रै सेयर मूल्य उकालो लागेको छ भने १ सय ८१ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । बुधबारको कारोबारमा बैंकिङ, व्यापार लगायतका १३ वटै परिसूचक रातो देखिएका छन् ।

 

 


Author

थप समाचार
x