अर्थ / बाणिज्य

भोलिदेखि नेपाल आइडल, मुख्य प्रायोजक कोका-कोला

इकागज |
मंसिर २२, २०७८ बुधबार १७:३६ बजे

फाइल फोटो

काठमाडौँ -  चर्चित रियालिटी सो नेपाल आइडल भोली (मंसिर २३) देखि प्रशारण हुने भएको छ । यसको मुख्य प्रयोजकको रुपमा कोका-कोला रहेको छ । कोका-कोला र नेपाल आइडलको यो दोश्रो वार्षिय सहकार्य हो । कोका-कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।

केहिदिन अघि राजधानीमा एपी-वान र कोका-कोलाबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले कोका-कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो।


हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन-झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको बताए । हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका-कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले नेपाल आइडलको सिजन ४ मा पनि कोका-कोलासँग सहकार्य गर्न पाउँदा खुसी लागको बताए । 'हामी सबैलाई थाहा भएकै कुरा हो कोका-कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ । नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ।' उनले भने।


Author

थप समाचार
x