अर्थ / बाणिज्य

विदेशिएका नेपाली विद्यार्थीलाई स्टडी ग्रुपको 'जब रेडी कार्यक्रम'

इकागज |
मंसिर २२, २०७८ बुधबार १७:५६ बजे

फाइल फोटो

काठमाडौँ - अन्तर्राष्ट्रिय शिक्षा प्रदायक स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई उनीहरुको करियरमा मद्दत गर्ने उद्धेश्यले जब रेडि कार्यक्रम ल्याएको छ । यो कार्यक्रम विशेष गरी नेपाली विद्यार्थीहरूलाई भविष्यमा सहज रुपमा रोजगारी पाउने अवसर बढाउनको लागि कि ट्रान्स्फरेबल स्किल सिक्न मद्दत गर्न डिजाइन गरिएको हो ।

विदेशमा पढ्दै कमाउने अवसर प्रदान गर्दै पढाई सकेपछि अन्तरराष्ट्रिय कम्पनीहरुमा रोजगारी पाउन सक्षम बनाउने उद्येश्य राखेको छ । स्टडी ग्रुपले यूके इन्टरनेशनल स्टडी सेन्टर वा युएस इन्टरनेशनल कलेजबाट आफ्नो प्रकृया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवा शुल्क व्यहोर्नेछ ।


स्टडी ग्रुपका विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै सिभी लेखन र प्रोफाइल प्रेजेन्टेसनको लागि पनि सहयोग प्राप्त गर्नेछन् । यसको साथै उनिहरुले इन्टर्भ्यु कोचिङ, मक इन्टर्भ्युबाट पनि लाभ लिन सक्नेछन् । यो कार्यक्रम सकिएपछि विद्यार्थीहरुले सम्भावित रोजगारदाताहरुसँग ३ वटा सम्म इन्टर्भ्यु सेक्युर गर्न आवश्यक सहयोग प्राप्त गर्न सक्नेछन् ।

स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक श्रीनि बन्दरा जब रेडी कार्यक्रम स्टडी ग्रुपको एक पहल भएको जसले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा सकिएपछि कामको लागि दक्ष (वर्क रेडि) बनाउने बताए । उनिहरुले युके आउनासाथ आफैँले अध्ययन गरेको बिषयमा अझ ज्ञान र अनुभव बढाउँदै प्रोफेसनल बनाउन र सम्बन्धित कामको अनुभव बढाउन सहयोग पुग्‍ने बताए।

स्टडी ग्रुपको यस रोजगारी कार्यक्रममा 'प्रिपेयर फर सक्सेस', 'जब रेडी', 'भर्चुअल इन्टर्नशिप' जस्ता कार्यक्रमहरु समावेश छन् । यी नयाँँ कार्यक्रमहरु युके र युएसका विश्व-विद्यालयहरुमा राम्रोसँग अध्ययन सकाउन र एक्काइसौँ शताब्दीमा सफल हुन आवश्यक सीप प्रदान गर्न डिजाइन गरिएको ग्रुपले जानकारी दिएको छ।


Author

थप समाचार
x