अर्थ / बाणिज्य

१२ सय ५० रूपैयाँमै भायानेटको १७५ एमबीपीएस इन्टरनेट

इकागज |
मंसिर २३, २०७८ बिहीबार ११:११ बजे

काठमाडौँ - केही समयअघि ९ सय ९९ मा १ सय २० गतिको इन्टरनेट ल्याएर तहल्का पिटेको सिजीलाई टक्कर दिन भायनेटले १ सय ७५ एमबीपीएस गतिको इन्टरनेट ल्याएको छ । भायानेटले ‘अल्ट्रा-फाइ प्लान’ नामक योजना सार्वजनिक गरेको हो ।

भायानेटका ग्राहकले अब मासिक १२ सय ५० रुपैयाँमै १ सय ७५ एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ। कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजना ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गरेको हो ।


योजना अन्तर्गत ग्राहकले १७५ एमबीपीए गतिको इन्टरनेटका साथै २ वटासम्म भायाटिभी उपलब्ध हुनेछ । प्रयोगकर्ताहरूलाई न्यूनतम मूल्यमा उच्चतम् इन्टरनेटको मज्जा दिने योजनाका साथ कम्पनीले यस्ता प्याकेज उपलब्ध गराएको हो । अल्ट्रा–फाई अन्तर्गत, कम्पनीले १ सय २५, १ सय ७५ र २ सय ५० एमबीपीएसको तीन वटा प्लान सार्वजनिक गरेको छ ।

त्यसमध्ये १२ सय ५० रुपैयाँमा उपलब्ध हुने १ सय ७५ एमबीपीएसको प्याकेजलाई प्रमुख प्याकेजको रुपमा हेरिएको छ । यसमा ग्राहकले २ वटासम्म भायाटिभी सदस्यता प्राप्त गर्ने जनाइएको छ ।

यसका साथै यो प्याकेजमा भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट-टप-बक्स र सबै प्याकेजमा एक हजार रिवार्ड पइन्ट प्रदान गर्ने जनाएको छ ।

त्यतिमात्रै नभएर ग्राहकलाई इन्टरनेटमा थप नयाँ पन प्रदान गर्नका लागि आफ्नो संरचनालाई अपग्रेड गर्दै नोकिया र सी-डाटासँगको साझेदारीमा डुअल ब्राण्ड ओएनयु (अप्टिकल नेटवर्क युनिट) प्रदान गरिरहेको छ । कम्पनीका अनुसार हाल उपलब्ध ओएनयुले मेश समेत सपोर्ट गर्नेछ । भने, चाँडै ग्राहकमाझ मेश वाई-फाई समेत उपलब्ध गराइने कम्पनीले जनाएकाे छ ।


Author

थप समाचार
x