अर्थ / बाणिज्य

‘सनसिल्क ग्याङ्ग अफ गर्ल्स’ विजेता छनोट

इकागज |
मंसिर २३, २०७८ बिहीबार १३:३२ बजे

काठमाडौँ- आशिना देउला, ललाना चिमरिया र प्रतिमा  कार्की सनसिल्क दशैं भाइब कन्टेस्टका विजेताहरु घोषित भएका छन्। बुधबार काठमाडौँमा भएको ग्रान्ड फिनालेमा उनीहरुले सनसिल्क ग्याङ्ग अफ गर्ल्सको अनुहार बन्दै १ लाख जितेका हुन् ।

सनसिल्क दशैं भाइब्स प्रतियोगिता १४ सेप्टेम्बर देखि २३ अक्टोबर २०२१ सम्म सञ्चालन भएको थियो । सो सहभागीहरुले आफ्ना दशैं भाइबको आकर्षक हेयर स्टाइलहरु दर्शाउन पर्ने गरी डिजिटल प्रतियोगिता थियो । सहभागी मध्ये तीन जना विजेताहरुले प्रिज्मा र प्रिन्सीका साथमा सनसिल्क ग्याङ्ग अफ गर्लसको अनुहार बन्ने र एक लाख जित्ने मौका थियो ।


२३ अक्टोबर २०२१ मा यस कन्टेस्टको पहिलो चरण सकिएको थियो र यसमा २८५४ जना सहभागीहरु थिए । सबै सहभागीहरुमध्ये १५० जना दोस्रो चरणका लागि चयन भएका थिए । उनीहरुले अर्को एउटा भिडियो बनाए, जसमा आफूलाई साधारणबाट सनसिल्क दामी लुकमा परिवर्तन गर्नुपर्ने थियो । जसमा अदिना, लललना र प्रतिमा सपल भए ।


Author

थप समाचार
x