अर्थ / बाणिज्य

साताकाे सेयर बजार: १६७ अंक घट्दा ३२ अंक बढ्यो

इकागज |
मंसिर २३, २०७८ बिहीबार १५:२४ बजे

काठमाडौँ - सेयर बजारमा मंसिरको तेस्रो साता आइपुग्दा नेपाल स्टक एक्सचेन्ज परिसूचक नेप्से २४५० अंकमा खुम्चिएको छ । बजारमा तरलता अभावसँगै सेयर बजारको ओरालो यात्रा सुरु भएको हो ।

मंसिर लागेदेखि नै निरन्तर गिरावट देखिएको मार्केट मंसिरको २३ सम्मको बजार हेर्दा जम्मा ५ दिन जम्मा ६७ अंकले बढेको देखिन्छ। नेप्सेमा गत मंसिर १ गते १६ अंक, ६ गते ११ अंक, ८ गते १ अंक, १५ गते ५ अंक तथा २० गते ३२ अंकले बढेको देखिन्छ ।


यता महिनाको पहिलो दिन बढेर केही सकारात्मक सुरुवात गरेको बजार त्यसपछिको दिनमा भने निरन्तर ओरालो तर्फ लाग्याे । मंसिर २३ गते सम्मको आँकडा हेर्दा बजार परिसूचक ४०० अंकले गिरावट भएकाे देखिन्छ । मंसिर महिनाको तेस्रो साता सकिँदा सेयर बजार ५ दिन बढ्दा १२ दिन परिसूचक घटेको देखिन्छ ।

यता, यस साताको कुरा गर्दा साताको सुरुवातमै परिसूचक ७२ अंकले घटेको थियो । साताको पहिलो कारोबारको सुरुमै सेयर उल्लेख्य गिरावट आएको थियो ।

पहिलो दिन कारोबारमा गिरावट आउँदा सोमबार भने ३२ अंकको वृद्धि देखिएको थियो । साताको दोस्रो कारोबारको दिन सोमबार तीव्र उतारचढाव हुँदा अन्त्यमा ३२ अंकले बढ्दा लगानीकर्ता केही उत्साहित भएका थिए ।

साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा पुन: गिरावट देखियो । मंगलबार नेप्से परिसूचक बिन्दू २५०८ मा ओर्लिदा बजार ३७ अंकले घटेको थियो ।

यस्तै मंसिर २२ गते बुधबार नेप्से परिसूचक ५३ अंकले घटेको थियो । बुधबार बजार बन्द हुँदा बजार परिसूचक घटेर २४५५ अंकमा ओर्लिएको थियो ।

यता साताको अन्तिम दिनको कारोबारमा बिहीबार पनि गिरावट नै देखिएको छ। साताको कारोबार बन्द हुँदा बजार परिसूचक ५.८४ अंकले घटेर २४४९.९७ अंकमा ओर्लिएको छ। नेप्सेमा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ०.४३ अंक बढेको छ ।

बिहीबारको कारोबारमा २ सय ३१ कम्पनीका सेयर ४१ हजार पटक कारोबार भएको छ । बिहीबार सेयर बजारमा २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रूपैयाँ बराबरको कारोबार हुँदा ६२ लाख २३ हजार ७ सय २१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

आजको कारोबारमा ७२ कम्पनीको सेयर मूल्य उकालो लाग्दा १ सय ६ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

यस्तो छ साताभरको सेयर बजारको अवस्था

मिति

नेप्से परिसूचक

अंक फरक + वा - मा

कारोबार रकम

मंसिर १९ आइतबार

२५१३

-७२

 ४ अर्व ९० करोड रुपैयाँ

मंसिर २० सोमबार

२५४६

+३२

४ अर्ब ५४ करोड रुपैयाँ

मंसिर २१ मंगलबार

२५०८

-३७ 

३ अर्ब १२ करोड रुपैयाँ

मंसिर २२ बुधबार

२४५५

-५३

 २ अर्ब ६६ करोड रुपैयाँ

मंसिर २३ बिहिबार

२४४९

-६

 २ अर्ब ६७ करोड रुपैयाँ

 

 

 

 

 

 

 

 

 

 

 

 


Author

थप समाचार
x