सिटी एक्सप्रेस र रिया मनी ट्रान्फर बिच रेमिट्यान्स सम्झौता
काठमाडौँ - सिटी एक्सप्रेस मनी ट्रान्फरले ख्यातिप्राप्त मनि ट्रान्फर कम्पनी रियासँग रेमिट्यान्स कारोबार सुरु गरेको छ । यससँगै विदेशमा रहेका नेपालीहरूले रिया मनि ट्रान्सफरको सेवा प्रयोग गरी नेपाल पैसा पठाउन सक्नेछन् । अमेरिका, यूरोप तथा अन्य १६० भन्दाबढी देशबाट सिटी एक्सप्रेस मार्फत आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनि ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया