नबिल बैंकको ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक
काठमाडौँ - नबिल बैंकले आधिकारिक रुपमा ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । अब नबिल बैंकका ग्राहकले बैंकको सबै अनलाइन सेवा एउटै पोर्टल अर्थात् डिजिबैंकबाट प्राप्त गर्न सक्नेछन् ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बिहीबार आयोजित एक कार्यक्रममा डिजिबैंक पोर्टलको सुरुवात गरे । नबिल डिजिबैंकमार्फत अनलाइन फिक्स्ड डिपोजिट, डेबिट र क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेलरएसएमई लोन आवेदनलगायत अन्य अनलाइन सेवा लिन सकिन्छ । आउने दिनमा थप सेवा उपलब्ध गराउने बैंकले जनाएको छ ।
डिजिबैंक सार्वजनिकको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने भिकेवाईसी र भर्चुअल आईकार्ड लगायतका थप दुई नयाँ अनलाइन सेवा समेत सार्वजनिक गरे ।
अब नबिल बैंकका ग्राहकले आफ्नो केवाईसी प्रमाणीकरण गर्न बैंकमा नै जानुपर्ने बाध्यता हटेको छ । ग्राहकले घरमै बसेर भिडियो कल मार्फत आफ्नो केवाईसी प्रमाणीकरण गर्न सक्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया