पोखरामा मुक्तिनाथ कृषिको क्षेत्रीय कार्यालय विस्तार
काठमाडौँ- मुक्तिनाथ कृषि कम्पनीले पोखरामा क्षेत्रीय कार्यालयको उद्घाटन गरेको छ । एक कार्यक्रम गर्दै कम्पनीले क्षेत्रीय कार्यालयको विस्तरसँगै कृषि उद्यमी परिचय पत्र र कृषि प्रदर्शनी केन्द्रको उद्घाटन गरेको हो ।
देशभर रहेका कृषक तथा कृषि व्यवसायिहरु समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भईरहेको सेवालाई थप सहज रुपमा संचालन गर्न प्रदेश स्तरीय कार्यालय स्थापना गरेको कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताएका छन् ।
कार्यक्रमा बोल्दै मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए ।
कार्यक्रम समापन गर्दे कम्पनीका अध्यक्ष ढकालले कृषि क्षेत्रमा धेरै चुनौतिहरु रहेका भएपनि त्यसलाई चिरेर अगाडि बढ्नको लागि मुक्तिनाथ कृषि कम्पनी सक्षम हुने र त्यसको लागि कम्पनीले सोहि अनुसारका योजना तथा कार्यक्रमहरु बनाइरहेको जानकारी दिए ।
साथै कम्पनीले उक्त कार्यक्रमपश्चात तेश्रो वार्षिक साधारणसभा पनि सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवि निवारण मन्त्रालयका मन्त्री चन्द्र बहादुर बुढा, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ययुमन पोखरेल लगायत विभिन्न सरकारी निकायहरुको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायिहरु, सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया